मंसिर १८-काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेलो धातु करिब ४ सय ७२ ग्रामसहित भारतीय नागरिक ३९ वर्षीय सेहजाद खानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्वारा नेपालगञ्ज जान लागेका उनलाई जाँच गर्ने क्रममा कार्डबोर्ड पेपर भित्र ३ सय ९ ग्राम र लगेजको पाङ्ग्राभित्र फल्स बटम बनाई लेपन लगाई १ सय ६३ ग्राम गरी उक्त परिमाणको धातु लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्