बसले किच्दा एक जनाको मृत्यु

मंसिर १६-वीरगञ्ज, बसले किच्दा शनिबार बिहान वीरगञ्जमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झा रहेकाे वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ।

पर्साको ठाेरीमा पिकनिककाे लागि गइरहेकाे ना ८ ख ४८६१ नम्बरकाे बसले किच्दा माेटरसाइकलमा सवार झाकाे मृत्यु भएकाे हाे।

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाै‌स्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पाेखरियातर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेक्किँदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले बताए।

ठक्कर दिने बस र चालक सिन्धुलली कमलामाई नगरपालिका-४ बस्ने विष्णु कुमार दर्जीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्