आफ्नो बुबाको हत्या गरेको अभियोगमा पक्राउ

मंसिर १५-रसुवा, आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका-५ सानो भार्खु बस्ने ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्