टीकापुरका बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमा

मंसिर १५-टीकापुर, कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ। टीकापुर–२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो।

टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँच जना गुरुवाको बिमा कार्यक्रममा आबद्ध गर्न थालिएको जानकारी दिए। उनले वडाका हरेक काममा चिराकीको ठुलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बिमा गरिदिन थालेको बताए।

प्रतिक्रिया दिनुहोस्