मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु

मंसिर १४-हेटौंडा, मकवानपुरको मकवानपुरको मकवानपुरगढी गाउँपलिका-२ स्थित धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परेर ३४ वर्षीया रुपा स्याङ्तान र उनको ५ महिनाकी छोरीको घटनास्थलमा मृत्यु भएको हो। उनका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो १ बजेतिर कौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी जनाएको छ।

प्रतिक्रिया दिनुहोस्