जापानमा ८ जना सवार अमेरिकी सेनाको विमान दुर्घटना

मंसिर १३-जापान, ८ जना सैनिक कर्मचारी बोकेको अमेरिकी सेनाको जहाज जापानको याकुसिमा टापुमा दुर्घटना भएको छ।

उद्धारकर्ताहरुले जहाजका १ जना यात्रुलाई फेला पारेको बताएका छन्। तर उनी ‘श्वास फेर्न नसक्ने’ अवस्थामा भेटिएका बताइएको छ।

दुर्घटनाग्रस्त विमानको अवशेष याकुसिमामा भेटिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापानी प्रसारक एनएचके कले सीभी–२२ ओस्प्रे जहाज याकुसिमा एयरपोर्टमा अवतरण गर्ने गरिरहेको थियो। उसको बायाँ इन्जिनमा आगो लागेको थियो।

विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसतर्फ उडेको अनुमान गरिएको छ।

जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले विमान स्थानीय समय २ बजेर ४० मिनेटमा राडारबाट हराएको थियो।

विमान रडारबाट हराएको ७ मिनेटपछि तटरक्षकहरुले एक आपतकालीन कल प्राप्त गरेका थिए। जसमा उक्त विमान दुर्घटना भएको सूचना दिइएको थियो।

त्यसपछि घटनास्थलमा ६ वटा डुङ्गा र २ वटा हेलिकप्टर पठाइएको थियो। कागोशिमा प्रान्तको याकुसिमा जापानको क्युशु टापुको दक्षिणमा अवस्थित छ।

ओस्प्रे एक विमान हो जसले हेलिकप्टर र टर्बोप्रप विमानको रूपमा काम गर्न सक्छ। यो विमानले पछिल्ला केही वर्षदेखि घातक दुर्घटनाहरूको श्रृंखलामा संलग्न छ।

जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सेनिक तैनाथ छन्।

प्रतिक्रिया दिनुहोस्