सुत्केरीको मृत्युपछि डाक्टरमाथि कुटपिट

मंसिर १३-बुटवल, बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई कुटपिट गरेका छन् ।

मंगलबार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया भवानी राजकोटीको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा सकुशल जन्मिए पनि आमाको मृत्यु भएपछि आक्रोशित विरामीका आफन्तहरुले छलफल चलिहरेका बेला मेसुलाई कुटपिट गरेका हुन् ।

कुटपिटपछि घाइते भएका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 

कुटपिटपछि बेहोस भएका बस्यालको टाउको र पेटमा चोट लागेको छ । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्