रुसी सेनामा भर्ती भएका दोलखाका एक जनाको मृत्यु

मंसिर १२- रुसी सेनामा भर्ती भएका दोलखाका एक जनाको मृत्यु भएको छ । केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोकाको मृत्यु भएको हो ।

रुसी सेनामा भर्ती भएर प्रशिक्षण लिइरहेका उनको गत कार्तिक २९ गते मृत्यु भएको हो । परिवारले र आफन्तजनले भने उनको मृत्युबारे हालै थाहा पाएको स्थानीय सुवास बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्