छोराले गरे बुवाको हत्या

मंसिर ७-सिन्धुली, सिन्धुलीमा आफ्नै छोराले बुवाको हत्या गरेका छन्। हरिहरपुरगढी गाउँपालिका- १ शिखरडाँडाका वर्ष ३२ का दावा घिसिङले आफ्नै ७२ वर्षीय बुवा बुद्धिमान घिसिङको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जीवी दाहालका अनुसार दावाले फलामको रडले टाउको हिर्काउँदा बुद्धिमानको घटनास्थलमै मृत्यु भएको हो। बुधबार राति करिब पौने ९ बजे उक्त घटना घएको हो। ‘घरायसी विवादमा दावाले आफ्नै बृद्ध बुवाको टाउकोमा फलामको रड प्रहार गरेर हत्या गरेको पाइएको छ,’ दाहालले भने।

 

प्रहरीले घटनास्थलको अनुगमन गरी मृतक बुद्धिमानका शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याइएको छ। घटनापछि छोरा दावा फरार छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्