भूकम्पले हल्लीयो काठमाडौँ, ४.५ म्याग्निच्युडको भूकम्प गयो

७ मंसिर,  काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुश भएको छ । राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत बागमतीका जिल्लाहरूमा महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी विवरण अद्यावधिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्