जम्मु–कश्मीरमा बस दुर्घटना, ३७ जनाको मृत्यु

 

कात्तिक २९-भारतको जम्मु कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा बुधबार बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ।

 

 

दुर्घटनामा १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइतेहरुको किश्तवाड जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

उक्त बस किश्तवाडदेखि जम्मु जाँदै थियो। बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्