विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी

कार्तिक २४-  नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीको माग गरेको छ । प्राधिकरणले शुक्रवार गोरखापत्रमा एक सूचना प्रकाशित गरी दशौं तह सह–निर्देशर्कदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

 

प्राधिकरणले दशौं तहमा प्रशासनतर्फ एक जना सह–निर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक, तीन जना उपप्रबन्धक, दुई जना सहायक निर्देशक, चार जना सहायक प्रबन्धक, नौ जना प्रशासकीय अधिकृत, सात जना लेखा अधिकृत, एक जना कानुन अधिकृत, ३८ जना इन्जिनियरलगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त माग गरेको छ।

रिडिङ सुपरभाइजर ७६ जना, लेखापाल ६२ जना, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९ जना, सुपर भाइजर तहको मेकानिकल समूहमा २२ जना, सुपर भाइजर तहको सिभिल समूहमा १२ जना, सिनियर मिटर रिडर ५४ जना, सहायक लेखापाल ६२ जना, फोरमेन १८४ जना, इलेक्ट्रिसियन १३४ जना तथा जुनियर मिस्त्री २२ जना गरेर दरखास्त आह्वान गरेको छ ।

 

योग्यतापुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नु पर्ने प्राधिकरणले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्