काकार्ति २३-कैलाली जिल्ला प्रहरी कार्यालयले थुनामा राखिएका एक युवकको मृत्यु भएको छ । थुनामा रहेका धनगढी-१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको बिहीबार मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबाकै ३८ वर्षीय लालबहादुर थापाको हत्या आरोपमा सेट्टीलाई प्रहरीले तीन दिनअघि पक्राउ गरेर थुनामा राखेको थियो । ‘आज बिहान १० बजेतिर प्रहरी कार्यालयबाट एक्कासी कृष्णको मृत्यु भएको भन्ने खबर आयो,’ मृतकका दाजु गणेशले भने, ‘बयान लिने क्रममा हर्ट अट्याक भयो भनेका छन् । तर हामीलाई पत्यार लागेको छैन । पक्राउ गरेर ल्याउँदा भाइ स्वस्थ थियो ।’
प्रहरीको दाबी अनुसार उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । कृष्णका एक छोरी, एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्