ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

कार्तिक २२-सर्लाही, गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह-चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार बताउनु भयो ।

दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

-नेपाल टेलिभिजन

प्रतिक्रिया दिनुहोस्