भारतमा मजदुरी गरेर घर फर्किरहेका एक जना बाटोमै लुटिए

कार्तिक २२- भारतमा मजदुरी गरेर घर फर्किरहेका कैलालीका एक जना कामदार बाटोमै लुटिएका छन्। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन्।

कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उनले बताए। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्