सिरहामा हतियारसहित तीन जना पक्राउ

कार्तिक २१-सिरहा,  सिरहास्थित लाहन नगरपालिका-१ सिंगराहीबाट नौ एमएमको अटोटीक पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिकाका ३५ वर्षीय संजयप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पक्राउ परेकाहरुको साथबाट दुई थान गोली लोड भएको अटोमेटीक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिम कार्ड, १४ थान एनसेलको सिम कार्ड, नेपाल टेलिककै ५० रुपैया दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्डसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु विभिन्न अपराध र फिरौतीमा संलग्न रहेको जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई र बरामद पेस्तोल, नगद तथा रिचार्ज कार्डसहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखीएको ईलाका प्रहरी कार्यालय लहानका प्रवक्ता रविन्द्र राज पाण्डेले बताउनुभयो ।

-नेपाल टेलिभिजन

प्रतिक्रिया दिनुहोस्