एक बालकको डुबेर मृत्यु

कार्तिक २१-कञ्चनपुर, कञ्चनपुरमा एक बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ डाँडाकुन्डास्थित नहरमा डुबेर ७ वर्षीय एलेक्स बोहराको मुत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का केशब बोहराका छोरा एलेक्स मामाघर आएका थिए। दसैँदेखि मामा घरमा रहेका उनी मङ्गलवार नहरमा डुबेका हुन्।

प्रतिक्रिया दिनुहोस्