बस र जिप आपसमा ठोक्किए

कार्तिक २०- बझाङमा बस र जिप एक आपसमा ठोक्किएका छन्। खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित बाग्थलामा बस र जिप एक आपसमा ठोक्किएका हुन्।

बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३६१३ नम्बरको जिप सोमवार अपराह्न बाग्थलामा रहेको अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्