बाल सुधार गृहमा जबरजस्ती करणी कसुरका बालबन्दीनै बढि

कार्तिक २०- बझाङको बुंगल नगरपालिका–१ मा १२ वर्षीया बालिका बलात्कृत भइन्। गत जेठमा भएको घटनाबारे प्रहरीले अनुसन्धान ग¥यो। घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ ग¥यो। पक्राउ पर्ने तीनैजना १४, १५ र १६ वर्षका थिए। सामूहिक बलात्कार कसुर लागेका उनीहरूलाई अहिले पुर्पक्षका लागि डोटीस्थित बाल सुधारगृहमा राखिएको छ।

त्यस्तै गत १७ फागुनमा कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडामा १३ वर्षीया बालिका बलात्कृत भइन्। प्रहरीले अनुसन्धानपछि घटनामा संलग्न रहेको अभियोगमा १६ र १७ वर्षीय बालकलाई पक्राउ ग¥यो। सामूहिक बलात्कारको अभियोग लागेका दुवैजनालाई बाँकेको नेपालगन्जस्थि बाल सुधारगृहमा राखिएको छ। डोटी सुधार गृहमा मात्र ४८ बालबन्दी छन्। ती मध्ये ३१ जना जना जबरजस्ती करणी मुद्दाका बालबन्दी हुन्।

त्यस्तै १५ जना बालक कर्तव्य ज्यान, एक जना डाँका चोरी र एक जना अप्राकृतिक मैथुन गरेर ४८ जना बालबन्दी छन्। सुधार गृहमा अहिले १४ देखि २३ वर्ष उमेर समुहका विभिन्न अपराधमा संलग्न अभियुक्तहरु बाल सुधार गृहमा रहेको बाल सुधार गृह डोटीकी प्रमुख प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताइन्।

प्रतिक्रिया दिनुहोस्