आजबाट अवैध रूपमा ल्याइएका मोबाइल नचल्ने

कार्तिक २०- तपाईँले चलाई रहेको मोबाइलमा नेटवर्क देखाउन छोड्यो वा कल आउन जान बन्द भयो ? ख्याल गर्नुहोस् नेपाल सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)  लागू गर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन्।

खनालका अनुसार एमडिएमएस  लागू भएसँगै अवैध वा गैर कानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिम कार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो।

सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो। सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो। प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरुमा हाइ रेन्जका मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन्।

प्रतिक्रिया दिनुहोस्