टिकटकमा भिडियो पोष्ट गर्नु भन्दा पहिले होसियार, गृह मन्त्रालयले कारबाही गर्ने दियो चेतावनी

 कार्तिक १९-सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ।

सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर चेतावनी दिएको हो।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाही दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन्।

प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।

CCI11052023-1699186029.jpg

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:४९

प्रतिक्रिया दिनुहोस्