माओवादीका गाउँ कमिटी सचिव पक्राउ, २५ लाख ठगी आरोप

कार्तिक १९कैलाली,  कैलालीमा माओवादीका एक गाउँ कमिटी सचिव पक्राउ परेका छन्।

माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक दहित, मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरीविरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्फा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट करिब २५ लाख ३७ हजार र कृष्णपुर कञ्चनपुरका किसानबाट समेत रकम संकलन गरि ठगी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्