कार्तिक १८– काठमाडौँ, शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।
मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।
प्रतिक्रिया दिनुहोस्