भारतमा दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

कात्तिक १७ – भारतमा दूर्घटनामा परेर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको हो।

सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवारको मृत्यु भएको बताइएको छ ।

नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए । दुर्घटना कसरी भएको थियो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्