हात्तीको बङगारा जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ

कात्तिक १७-झापा, अर्जुनधारा नगरपालिका-७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बुलाई ७  इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा जस्तो देखिने बस्तुसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त बस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त बस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्