पाँचौं ज्योति फिल्मस् म्यूजिक अवार्डको फाराम खुल्ला

कार्तिक १४-ज्योति फिल्मस् म्यूजिक अवार्ड २०८० को पाँचौं संस्करणका लागि फाराम खुलेको छ । रोएल मुभिज प्रा.ली को आयोजनामा “हाम्रो अभियान कलाकारलाई सम्मान” भन्ने नाराका साथ चौथो संस्करण सम्म भव्य सम्पन्न भैसकेको छ ।

नेपाली गीतसंगित तथा चलचित्र क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्ठा,सञ्चारकर्मी ,कलाकारलाई सम्मान समेत गर्दै आएको अवार्ड कार्यक्रममा २०८० मा भने फरक हुने आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए । कार्यक्रमको विस्तृत जानकारी केहि समयपछि दिइने अध्यक्ष श्रेष्ठले वताए । फारामका लागि ज्योति फिल्मस् प्रा.ली को कार्यलय वाइपासमा सम्पर्क गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्