जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ

कार्तिक १३-गुल्मी, गुल्मीमा जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका छन् । गएको बिहीवार मालिका गाउँपालिका–४ अर्खबाङ्गमा जाँड–रक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउँदा उनीहरूले प्रहरीलाई नै अभद्र व्यवहार गरेका गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–२ का केशव खड्का, मालिका ३–का सन्तबहादुर थापा, अनिल थापा, विशाल थापा, विकल्प थापा, नरेन्द्र थापा, भरत थापा, नारायण पाण्डेय, विपिन थापा, गुञ्जबहादुर थापा, मालिका–८ का साहिल जिसी र रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का अनिल ठकुरी रहेका छन् । पक्राउ परेकाहरूलाई शान्ति सुरक्षा खलबलाएको कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्