मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु

कात्तिक १२-काठमाडैाँ, मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपरका समुदायहरुमा रुखहरू र बिजुलीका खम्बाहरू ढालेको छ ।

– गोरखापत्र

प्रतिक्रिया दिनुहोस्