अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु (अपडेट)

कार्तिक ९- अमेरिकाकाे माइन राज्यको लेविस्टन शहरमा भएको मास सुटिङमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले लेविस्टनमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा २२ जनाको मृत्यु भएको बताएको सीएनएनले जनाएको छ।

त्यहाँको प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेको भन्दै सर्वसाधारणलाई आफू जहाँ छन् त्यहीँ बस्न अपिल गर्दै सतर्क रहन आग्रह गरेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सहरमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको हो।

प्रहरीले धेरै स्थानमा भएको आक्रमणको अनुसन्धान गरिरहेको र संदिग्धको फोटो पनि जारी गरेको बताएको छ।

ह्वाइट हाउसले राष्ट्रपति बाइडेनलाई घटनाको बारेमा जानकारी गराइएको र उनलाई यसबारे अपडेट राख्ने बताएको छ।

सामजिक सञ्जाल एक्समा जारी गरिएको एक बयानमा माइन राज्य पुलिसले भनेको छ, ‘लेविस्टनमा एक सक्रिय सुटर छ।’

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्