सुत्केरी आमा नै गरिन १६ दिने नवजात शिशुको हत्या प्रयास, आमा पक्राउ

 कार्तिक ९-दाङ, दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे अभियाेगमा सुत्केरी आमा पक्राउ परेकी छिन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो उनले घरमा काेही नभएको अवस्थामा तरकारी काट्न प्रयाेग गरिने चक्कुले घाँटीमा प्रहार गरेकाे पाइएको छ ।

वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

घाइते बच्चाको उपचारको लागि लमही अस्पतालमा लगिए पनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही लगिएकाे छ ।

सुत्केरी आमाले आफैंले जन्मदिएकाे शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी छ । केही दिनदेखि झाेक्रिने, टाेलाउने जस्ता समस्या आमामा देखिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्