कार्तिक ८-भोजपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्