कात्तिक ७-रूपन्देही, रूपन्देहीमा दुर्गाको मूर्ति बिसर्जन गर्न घाट गएका दुईजना युवाको डुबेर मृत्यु भएको छ।
स्थानीय दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू बिसर्जन गर्न गएकामध्ये २ जनाको डुबेर मृत्यु भएको हो। यस्तै एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्