स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक ३-दाङ, दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवा निवासी अन्दाजी २८/३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत तर्फ जादै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ जादै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्