जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कार्तिक २-ललितपुर, महालक्ष्मी नगरपालिका-४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्