काब्य म्युजिक सेन्टरको स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

असोज ३०-काब्य म्युजिक सेन्टरको प्रस्तुतीमा बिजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम – २०८० सम्पन्न भएको छ ।

गत आइतवार घटस्थापनाका दिन जमलस्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा काब्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, बागमती प्रदेशका सांसद अमन मास्केको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मास्केले समाज र देश विकास तथा परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने कलाकारका लागि राज्यले उचित सम्मान नगरेको प्रति दुख व्यक्त गरे ,उनले भने राज्यले गर्नुपर्ने काम काब्य म्युजिक सेन्टरले गरेको प्रति खुसी व्यक्त गरे ।


कार्यक्रममा विशेष अतिथी बरिष्ठ गायक शिवनारायण जोशी, मिठाराम के.सी.,सञ्चारकर्र्मी ,संगीतकार, तथा गायिका अस्मिता धमला, गायक माधव भण्डारी, सरोज लामिछाने, उद्धव घिमिरे, बरिष्ठ गायिका साबित्री के.सी, गायिका कोपिला तामाङ्ग, गोमा कोईराला, बिपना तामाङ्ग, भिडयो निर्देशक शिशिर बुढाथोकी, कलाकार सानु पाण्डेय, गायक नमराज ढुङ्गाना, बैकुण्ठ न्यौपाने, सञ्चारकर्मी चन्द्रमणी गौतम, संगीतकार चिरञ्जिवि भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको आयोजक समितिमा सल्लाहकार राजेन्द्र पुरी, प्रकाश पुरी,संयोजक सिन्धु पौडेल, सचिव कल्पना रेग्मी , ब्यबस्थापक शम्भु नेपाल, सञ्चार प्रमुख राजु बोहरा, सदस्य रमा पौडेल , जानुका लामिछाने (निरौला) , शशि शेखर बुढाथोकी , अशिम कुमार कटुवाल, कार्यक्रम संयोजक रमेश श्रेष्ठ थिए । कार्यक्रम सञ्चालन शिवराम भण्डारीले गरेका थिए ।

 

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु ः
१.नेत्र खड्का – निर्माता तथा कलाकार
२.अनुसा गिरी – बाल प्रतिभा
३.सलिना मोक्तान – नव प्रतिभा
४.रबि ढकाल – सर्जक तथा गायक
५.सन्तोष लामा – लोकप्रिय गायक
६.सन्तोष गिरी – गायक
७.शंकर कंडेल – लोकप्रिय गीतकार तथा कलाकार
८.कल्पना पराजुली – नव प्रतिभा
९.बिबश माझी – नायक
१०.बिन्दुपरियार – गायिका
११. सबिता तामाङ्ग – गायिका तथा समाजसेवी
१२.मनकुमार (सभराज) – कलाकार
१३.सुवास न्यौपाने – समाजसेवी, ब्यबसायी, कलाकार तथा महासचिव
(सन्धुपाल्चोक सेवा समाज यु.ए.ई) १.जित बहादुर खड्का – लोकदोहोरी संगीतकार
१४.सुदन खत्री – गीतकार तथा निर्माता
१५.रमेश श्रेष्ठ – कलाकार तथा समाजसेवी
१६.पूर्ण बिक्रम के.सी. – कलाकार
१७.बिकाश बिश्वकर्मा – लोकप्रिय मोडल
१८.बिक्रम गौतम – मेकअप आर्टिस्ट
१९. दिनेश परियार – कलाकार तथा समाजसेवी
२०.गणेश राज भण्डारी – मोडल
२१.उमेश ठगुन्ना – गायक
२२.सन्ध्या गौतम – ब्युटिसियन तथा हेयर डिजाईनर
२३.गिता सेञ्चुरी – गायिका
२४.सञ्जिव ठकुरी – मोडल
२५.बिष्णु तामाङ्ग – गायक तथा एरेन्जर

 

प्रतिक्रिया दिनुहोस्