कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

असोज २७-विराटनगर, मोरङमा कारको ठक्करबाट शुक्रबार राति पैदलयात्रुको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–७ स्कुलडाँडामा राति ८ बजेतिर दुर्घटना भएको हो।

बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिँदा उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। उनका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउनसाथ राति ९:३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।

उर्लाबारीकै अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइतेलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो। कार र चालक भक्तपुरको सूर्यविनायक नगरपालिका–९ का ३३ वर्षीय भाष्कर गुरागाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्