एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते

असोज २६-कैलाली,   कैलालीमा शुक्रवार एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। अत्तरियाबाट धनगढी आइरहेको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किदा गोदावरी नगरपालिका–५ गेटाअस्पाल नजिक दुर्घटना भएको हो।

दुर्घटनाबाट विष्टको हात र कम्मरमा चोट लागेको छ। घाइते विष्टको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्