बसमा ढुङ्गा प्रहार गर्ने ९ जना पक्राउ

असोज २५-सल्यान, सल्यानमा गुडिरहेको बसमा ढुङ्गा प्रहार गर्ने ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत,सोही ठाउँका २२ वर्षीय शुसिल कवर, १८ वर्षीय गणेश कवर, २० वर्षीय सदिन्प भण्डारी, २२ वर्षीय दिपक कवर, दिपक रावत, २१ वर्षीय अजय कवर, २२ वर्षीय प्रविन भण्डारी, शारदा नगरपालिका ७ का २२ वर्षीय दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनुभएको छ ।

रुकुमबाट दाङ तर्फ आउदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा हिजो बुधबार साझ सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालक माथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले समुहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालक माथि हातपात समेत गरेको उहाँले बताउनुभयो । गाडीको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । प्रकाउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्