मेयरलाई ३ वर्ष कैद, १५ लाख जरिबाना

असोज २५-रौतहट,  रौतहटको फतुवा विजयपुरको मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरिएको छ।  लालबकैया नदीको टेन्डरमा भ्रष्ट्राचार दोषी ठहर भएपछि विशेष अदालतले निलम्बित मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना भएको हो ।

विशेष अदालतले कसुर ठहर्‍याएपछि बुधबार सजाय सुनाएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भए पनि यादव मात्र दोषी ठहर भएका थिए ।

उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्‍याएको आरोप यादवविरुद्ध लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्