२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

असोज २२-मोरङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्