कञ्चनपुर र डडेल्धुराबाट १५ जना जुवाडे पक्राउ

असोज २२-कञ्चनपुरः  कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाटाका मिट्ठु रानाको घर पछाडीको टहरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुिचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई १ लाख ५४ हजार ४ सय रुपैँया र ४ गड्डी ताससहित पक्राउ गरेको हो। पक्राउ परेका सबैजनालाई नियन्त्रणमा लिई ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जनाएको छ।

डडेल्धुरा, अमरगढी नगरपालिका-५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्