देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

बाँके, कोहलपुर नगरपालिका-३ मैटुहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका-७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेका छन् । ३ नम्बर बिट मदनचोकबाट खटिएको प्रहरीले भे.८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्तीबाट लागूऔषध कोडाइन फोसफेट उइनसिरेक्स लेखिएको १ सय मिलि ग्रामको बोतल ६ सय २ थान, चरेस जस्तो देखिने वस्तु करिब २० ग्राम, प्रदेश ३-०३-००१ प ४५४१ नम्बरको मोटरसाइकल र नगद ८ लाख रूपैयाँसहित कैलास गाउँपालिका-८ वस्ने ३१ वर्षीय बिकास मोक्तान समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सो ठाउँस्थित कच्ची सडकमा रोकीराखेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध खैरो हिरोईन करिब २० ग्रामसहित सुनसरी कोशी गाउँपालिका-५ श्रीपुर बस्ने २१ वर्षीय खैरुल वासरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित  पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ सेमलार बस्ने २६ वर्षीय को रोशन थापा मगर र पाल्पा रामपुर नगरपालिका-८ बिजयपुर बस्ने २८ वर्षीय रेशम कुँवरलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम  २ सय ५० मिलिग्राम र नगद १ लाख २० हजार रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले मगरको घरबाट निस्कँदै गरेको अवस्थामा कुँवरलाई १ सय ५० मिलिग्राम र रोशनको साथबाट २ ग्राम १ सय मिलिग्राम उक्त पदार्थ तथा नगद १ लाख २० हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-५ स्थितबाट अवैध लागूऔषध गाँजा ३६ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजाँदै गरेको गाँजा फाली मानिस फरार भए पश्चात प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।

रौतहट, गरुडा नगरपालिका-४ गरुडा गाँउबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७० ग्राम, ना.२७ प ४१३६ र बीआर ०६ बीपी ०६०३ नम्बरको मोटरसाइकल, साइकल १ थान र चक्कु १ थान शनिबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध सेवनकर्ताहरुले हो-हल्ला गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ शंकास्पद व्यक्तिहरू फरार भएपछि घटनास्थलबाट उक्त गाँजा लगायतका सामान बरामद भएको हो । थप अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ मिलिग्रामसहित पर्सा पोखरिया नगरपालिका-९ बस्ने २६ वर्षीय राजकिशोर ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय प्रदिप यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१४ यादव टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ६० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-८ बस्ने २५ वर्षीय बिबेक राय र सोही ठाउँ बस्ने २२ वर्षीय सुरज राय रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई बोरामा गाँजा बोकी नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्