असोज २०-धनगढी, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। शुक्रवार राति १० बजेको समयमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्