असोज १९-काठमाडौं, दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो । सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।
दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्