ट्रक र स्कुटरको ठक्कर हुँदा धरानमा एक जनाको मृत्यु

असोज १९-सुनसरी, सुनसरीको धरान–८ स्थित कोशी हाइवेको लाङ्घाली चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लाङ्घाली चोकमा धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको हो ।

 

धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान करिब साढे सात बजे मृत्यु भएको थियो । उनीसँग सवार रहेका धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई सख्त घाइते भएका छन् । उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका–६ बस्ने ३० वर्षीय चन्द्रप्रसाद राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्