खुकुरी प्रहारबाट दुई जना घाइते

असोज १९-दोलखा, दोलखाको शैलुङ गाउँपालिका –२ पुरानागाउँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

बिहीबार राति ४२ वर्षीय पञ्चबहादुर तामाङले खुकुरी प्रहार गर्दा ७५ वर्षीय रामबहादुर तामाङ र २७ वर्षीया जेनिशा तामाङ घाइते भएका हुन् ।

खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुलाई हानेको खुकुरीको झटारो लागेर प्रहरी जवान भुप श्रेष्ठ सामान्य घाइते भएका छन् ।

खुकुरी प्रहारबाट दुवैको टाउकोमा गम्भीर चोट लागेकाले स्थानीय शैलुङ अस्पतालबाट राति नै थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते दुवैको काठमाडौंको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्