सहकारीको रकम हिनामिना गरेको अभियोगमा सहकारी संस्थाका अध्यक्ष पक्राउ

असोज १८-काठमाडौं, सहकारीको रकम हिनामिना गरको अभियोगमा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-६ वतन भएका ३९ वर्षीय रविन्द्र चौलागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाई बचतकर्ताहरुले जम्मा गरेको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रूपैयाँको बचत पटक-पटक ताकेता गर्दा साँवा, ब्याज फिर्ता नदिएको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्