अछाममा एक युवक मृत अवस्थामा फेला

असोज १८-अछाम, अछाममा एक युवक बिहीवार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद मृत अवस्थामा फेला परेका हुन।

साउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्