चन्द्रागिरिमा सेवाग्राहिसँग घुस लिइसकेकाे अवस्थामा अख्तियारकाे नियन्त्रणमा

असोज १८- चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तलाई भवन निर्माण सम्पन्न भएको प्रमाण पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हाे । आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सतुङ्गलबाट नियन्त्रणमा लिएको अायाेगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्