सिक्किममा बाढीका कारण आठ जनाको मृत्यु , २२ सेनाका जवानसहित ६९ जना बेपत्ता

असोज १८-सिक्किम, सिक्किममा आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २२ सेनाका जवानसहित ६९ जना अझै बेपत्ता छन्।

प्रदेशको उत्तरी क्षेत्रमा रहेको ल्होनाक तालमा बादल फुटेपछि टिस्टा नदीमा बाढी आएको हो । अधिकारीहरूले मृतकमध्ये तीन जना उत्तरी बंगालमा बगेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्